विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल प्रस्ताव

२०८३ जेष्ठ ७, बिहीबार

काठमाडाैँ : नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने भएको छ।

त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गरेका हुन्। ओलीको प्रस्तावमा संयोजक पौडेल रहेका छन् भने ६ जना सदस्यहरूमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई र पासाङ शेर्पा रहेका छन्। उक्त प्रस्तावमाथि शुक्रबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ।

सरकारले असीम शाहकाे संयाेजकत्वमा संविधान स‌शाेधन बहस कार्यदल गठन गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार