प्रधानमन्त्री सदनमा नआउने कुरै छैन : रवि लामिछाने

२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थित हुने दाबी गरेका छन् ।

आज संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा लामिछानेले यस्तो जवाफ दिएका हुन् । यद्यपि, प्रधानमन्त्री कहिले उपस्थित हुने भन्नेबारे उनले स्पष्ट खुलाएनन् । लामिछानेले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ, नआउने भन्ने कुरै छैन । आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।’

प्रधानमन्त्रीको अनुपस्थितिले तपाईंलाई दबाब परेको हो? भन्ने सञ्चारकर्मीको प्रश्नलाई उनले अस्वीकार गरे। “मलाई कुनै कुराको दबाब छैन। म दबाब लिने मान्छे नै होइन,” लामिछानेले भने, “यो प्रक्रिया र अभ्यासका क्रममा हुँदै जाने कुरा हो, काम महत्त्वपूर्ण हो। सरकारले आफ्नो काम गरिरहेको छ। अहिले मिडियाले हामी सत्तापक्ष वा मलाई भन्दा पनि प्रतिपक्षलाई बढी समय दिनुभयो भने सजिलो हुन्थ्यो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार