मुख्यमन्त्री यादवले दोस्रो पटक पाए विश्वासको मत

२०८३ जेष्ठ ८, शुक्रबार

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्।

जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बेठक आह्वान गर्न आग्रह गरेका थिए। बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत मागेकोमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ जम्मा मत परेको थियो भने विपक्षमा ३६ जम्मा मत परेको थियो।

उक्त संख्या प्रदेश सभामा रहेको सांसदहरुको दुई तिहाई भन्दा बढि रहेकोले मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टीले मत दिएको थियो भने विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राप्रपाले मत दिएको थियो। प्रदेश सभाको अर्को बठैक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार