दुर्गा प्रसाईंलाई थप हिरासतमा नराख्न सर्वोच्चको आदेश

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अब म्याद थप नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पछिल्लोपटक बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

उक्त म्यादभित्र अनुसन्धान सकिए पनि नसकिए पनि हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। प्रसाईलाई यसअघि तीन दिन हिरासतमा राखिसकिएको छ। नागरिक बचाउ अभियानका अध्यक्ष समेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।

आफूलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट बन्दी प्रत्येक्षीकरण निवेदन दर्ता भएको थियो। त्यसको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार