कोइला खानीमा विस्फोट हुँदा आठ जनाको मृत्यु

२०८३ जेष्ठ ९, शनिबार

काठमाडौँ : उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ।सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो।

विस्फोटको समयमा २४७ जना कामदारहरू कोइला खानीमै फसेको उल्लेख गर्दै ती मध्ये २०१ लाई शनिबार सुरक्षित रूपमा उद्धार गरिएको सिन्ह्वाले जनाएको छ। स्थानीय आपत्कालीन व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै सिह्न्वाले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३८ जना अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ।

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित ‘सबै प्रयास’ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ। उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिए।

यस अघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्तरमा पुगेको  रिपोर्ट गरेको थियो। बेपत्ता रहेकाहरूका केहीको अवस्था ‘गम्भीर’ रहेको अघिल्लो रिपोर्टले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार