काठमाडौँ : नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् ।
अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
अरगरियाले एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू र आफूसँग आएका नेताकार्यकर्ताको समायोजन हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।











