गुडिरहेको बसबाट खसेर सह–चालकको मृत्यु

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ : उदयपुरको कटारी नगरपालिकामा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक अचानक बसबाट खसेका थिए।

दुर्घटनामा परी कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको भए पनि उपचारकै क्रममा बिहान ९ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार