सरकारले तोक्यो बर्खे धानको समर्थन मूल्य

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जसअन्तर्गत मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको ३६६० प्रतिक्विन्टल र मध्यम धानको ३८६० प्रतिक्विन्टल तोक्ने निर्णय भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार