कोशीमा पूर्वमुख्यमन्त्री राईले गरे रोस्ट्रमको माइक फाल्ने प्रयास

२०८३ जेष्ठ १३, बुधबार

काठमाडौँ : कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् । माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए । सभामुखले राईलाई मर्यादामा रहन सचेत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार