प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई शुभकामना! : रविन्द्र मिश्र

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व नेता रविन्द्र मिश्रले आजको परेको गणतन्त्र दिवसमा पुष्पकमल दाहाल (प्रचण्ड) लक्षित व्यंग्यात्मक स्टाटास लेखेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना भन्दै व्यंग्यात्मक स्टाटास लेखेका हुन्। उनले भनेका छन्, ‘प्रचण्ड– ‘प्रचण्ड युग’का नायक, ‘प्रचण्डतन्त्र’का पिता हुन्। आज जेठ १५ गते — प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!’

सोही क्रममा उनले प्रचण्डलाई असाधारण व्यक्तप भएको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार