बजेट त ५० खर्बको पनि ल्याउन सकिन्छ : ज्ञानेन्द्र शाही

२०८३ जेष्ठ १५, शुक्रबार

 काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले साढे ६ खर्ब बढी घाटा बजेट ल्याएकामा प्रश्न उठाएका छन् ।

शुक्रबार बजेट भाषणपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै सांसद शाहीले बजेटमा देखिएको घाटा बजेटको आकार सामान्य नभएको बताएका हुन् ।

‘सरकारले जुन बजेट ल्याएको छ । त्यसका लागि ६५७ अर्ब २९ करोड पैसा पुग्दैन् । त्यो  सामान्य कुरा होइन,’ शाहीले भने, ‘बजेट ल्याउनु ठूलो कुरा होइन, बजेट त अहिले ५० खर्बको पनि ल्याउन सकिन्छ ।’

घाटा बजेटमध्ये दुई खर्ब ४७ खर्ब ऋण विदेशबाट ल्याउँछु भनेर सरकारले भनेको उनले बताए । ‘२४७ अर्ब २७ करोड विदेशबाट ऋण ल्याउँछु भनेको छ, यो सरकारले । ४१० अर्ब आन्तरिक ऋण, भनेको नेपालभित्रबाट म ऋण उठाउँछु भनेको हो,’ उनले भने ।

विगतमा पनि १८/१९ खर्बको बजेट आएर कार्यान्वयन गर्दा १३ खर्बमा झरेको इतिहास रहेको उनले टिप्पणी गरे । सबैभन्दा ठूलो कुरा घाटा बजेट कहाँबाट ल्याउने भन्ने चुनौती रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार