ऋण लिएर घ्यू खाए जस्तो बजेट आयो : वर्षमान पुन

२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं : पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता बिपरीत बजेट ल्याएको प्रतिक्रिया दिएका छन् ।

वितरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोप्रति उनले असंगति भनेका छन् । ‘विगतमा स्थापित दलहरुले बढी ऋण उठाए, देश लुटे खाए भनेर आएको शक्तिले पनि ऋण लिएर घ्यू खाए जस्तो,’ पूर्वअर्थमन्त्री पुनले भने, ‘यो उहाँहरुको प्रतिबद्धता बिपरीत आएको छ । कि हामीले विगतमा बेठिक बोल्यौ, गलत आरोपहरु लगायौं भन्नुपर्यो होइन भने बाचाअनुरुप मिलेन ।’

बजेटको आकार पनि वास्तविकतामा आधारित नभएको उनले बताए । योजना आयोगले २० खर्ब वरिपरीको सिलिङ तोकेपनि त्यसमा डेढ खर्ब बढाएर बजेट ल्याएको पुनले बताए ।

‘यो आकार वास्तविक होइन, स्वयं अर्थमन्त्रीलाई पनि थहा छ,’ उनले भने । विगतमा कम्युनिष्ट अर्थमन्त्रीहरुलाई वितरणमुखी बजेट ल्याएको भन्ने गरिएकोमा यसपटक पनि त्यस्तै बजेट आएको पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार