पीडितको पैसा सहकारीबाटै उठाएर फिर्ता गर्ने हो : प्रधानमन्त्री

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितहरूको बचत रकम सहकारीबाटै उठाएर फिर्ता गरिने प्रस्ट पारेका छन्।

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले पीडितको रकम फिर्ता  गर्न कोष खडा गरिएको जानकारी दिए।

‘सहकारीको विषयमा अहिले एउटा कोष खडा गरिएको छ। बाहिर न्युजमा आएकोजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ । हामीले सहकारीबाट उठाएको पैसा पनि छ  । लास्ट विकको रिपोर्ट हेर्दा तीन करोडजस्तो सहकारीबाट उठाइएको थियो, ५०–६० लाखजस्तो दिइएको थियो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार