प्रधानमन्त्रीले यस्तो तथ्यहीन कुरा राख्ने थाहा भए प्रश्न सोध्ने थिइनँ : आरेन राई

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने, संसदमा आएर माफी माग्नुपर्ने उनले बताए ।

राईले हिजो सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले विवादित जवाफ दिएका थिए ।

उनले भने, ‘यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार