वाईफाई नेपालको बम्पर पुरस्कार हस्तान्तरण

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : वाईफाई नेपालले आफ्नो ग्राहकमुखी योजना “दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा EV स्कुटर उपहार” अभियानअन्तर्गत बम्पर पुरस्कार हस्तान्तरण तथा पोखराको बगर क्षेत्रमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

दुई महिनासम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत ग्राहकहरूलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्रदान गरिएको थियो। अभियानकी भाग्यशाली विजेता दमौलीको पाटन निवासी सुनिता राना (युजरनेम: एलेक्स मगर) लाई पुरस्कारस्वरूप Yadea G5 इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा पारस खड्का स्वयं उपस्थित भई विजेतालाई स्कुटर हस्तान्तरण गरेका थिए। कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले वाईफाई नेपालले किफायती मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै डिजिटल पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार