नेपालले भारतको सीमा मिचेको तथ्य भए देखाउनू : चन्द्र भण्डारी

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले कसैको भूमि नमिचेको जवाफ दिएका छन् ।

सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्ने भन्दै सीमाबारे नेपालीको धारणा एउटै हुनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको छैन। बरु, नेपालले आफ्नो भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन आवश्यक छ। त्यसैले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नु पर्दछ साथै नेपालीको धारणा एउटै हुनु पर्दछ ।’

उनले नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार देखाउन चुनौती दिए । ‘नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्ताबेज छ भने सार्वजनिक गर्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार