कांग्रेसको क्रियाशील सदस्य पाँच लाख पुग्ने आकलन

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या पाँच लाख पुग्ने बताएको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजक प्रदीप पौडेलले थप गरेको अवधिसम्म पाँच लाखले अद्यावधिक गर्ने आकलन रहेको जनाए । कांग्रेसले अद्यावधिक लागि केन्द्रीय प्रतिनिधि खटाएर अभियान चलाएको छ । नयाँ सदस्यता अद्यावधिकका लागि पनि फारम खुलाएको छ ।

दोस्रो चरणमा जेठ २१ गतेसम्म तोकिएको समय थप गरिएको छ । जेठ २८ गते राति १२ बजेसम्म अन्तिम समय थप गरिएको समिति संयोजक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार