फाल्नुपर्ने पार्टीका ऐंजेरुहरू आफैं छाडेर गए : लिङ्देन

२०८३ जेष्ठ २२, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणाको पार्टी परित्यागले राप्रपालाई फाइदा पुगेको बताएका छन् ।

राणालाई पार्टीको ऐंजेरुको संज्ञा दिँदै उनले अब राप्रपा बन्ने बाटो खुला भएको अभिव्यक्ति दिए । शुक्रबार पार्टीको गोरखा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘खुट्टामा पलाएको ऐंजेरु जुत्ता लगाउन पनि अप्ठ्यारो, हिँड्न पनि अप्ठ्यारो हुने,’ राणाप्रति कटाक्ष गर्दै उनले भने, ‘काटेर फालौं आफ्नै जिउको नाश, फालौं की नफालौं भइरहेको बेला आफैं छाडेर गए ।’ पार्टीमा ऐंजेरुको रूपमा काम गरिरहेकाहरू बाहिरिँदा पार्टी बन्ने बाटो खुल्ला भएको उनले जिकिर गरे ।

पार्टीलाई सहयोग नगर्नेहरू पार्टी छाडेर जाँदा दुःख नमान्न उनले आग्रह गरे । उनले भने, ‘पार्टीका नेता, कार्यकर्ता, समर्थक भनेको चुनावमा चाहिने होइन ? चुनावमा उमेदवार पनि नबन्ने, उमेदवारलाई भोट दिन पनि नजाने र यो पार्टीलाई राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर भन्ने मानिस पार्टी छाडेर गए त त्यसमा के दुःख मान्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार