रास्वपा गोरखाको जिल्ला अधिवेशनमा सुधन गुरुङ पनि सहभागी

२०८३ जेष्ठ २४, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो जिल्ला अधिवेशन शनिबारदेखि देशैभर सुरु भएको छ ।

शनिबार नभएको जिल्लाहरुमा आज भइरहेको छ । यसैबीच रास्वपा गोरखा जिल्लाको अधिवेशन अहिले भइरहेको छ । जारी रास्वपा गोरखाको जिल्ला अधिवेशनमा पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ पनि सहभागी भएका छन् ।

गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट गत फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार