दुई दिने बिदा पुनर्विचार गर्न हर्क साम्पाङको माग

२०८३ जेष्ठ २४, आईतवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सातामा दुई दिन सार्वजनिक बिदा पुनर्विचार गर्न माग गरेका छन्।

सरकारले पेट्रोलियम पदार्थ आपूर्ति असहजताका कारण सातामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएको छ। अध्यक्ष साम्पाङले दुई दिने बिदा पुनर्विचार गर्न आग्रह गरेका हुन्। ‘दुई दिने बिदा पुनर्बिचार गरिनु पर्दछ, विशेष गरी स्वास्थ्य क्षेत्रमा,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अस्पतालहरूमा पनि सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार