सांसद महावीर पुन फेरि मन्त्री बन्दै

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरिन्।

‘उहाँ आज विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ,’ दाहालले भनिन्।

सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए।

चुनावअघि राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।

रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार