सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ : हर्क साम्पाङ

२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि सदनमा गाँठो परेको भन्दै प्रधानमन्त्री नआउने तर बोकेर आउन नमान्ने भन्दै सङ्कल्प प्रस्ताव पेस गर्दै उनले भने, ‘नियमावलीको ७९ (१) को (ग) अनुसार गत वैशाख १९ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाई रेकर्डबाट हटाएर आगामी दिनमा मन्त्री र सांसदले राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने गरी सबैले देशको पक्षमा सन्देश दिने सङ्कल्प प्रस्ताव गर्न पेस गर्दछु ।’

उनले यही सङ्कल्प प्रस्ताव गरेर अघि नबढे जनतामाझ जान नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार