भारतले हाम्रो भूमि देऊ भन्यो भने कहाँको भूमि दिने हो : ज्ञानेन्द्र शाही

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतले हाम्रो भूभाग मिचेका रहेछौँ, त्यो देऊ भनेमा कहाँको भूमि दिने ? भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा भारतको सीमा नेपालले मिचेको बताएको सन्दर्भमा त्यस्तो बताएका हुन्।

उनले थप प्रश्न गर्दै भने, ‘ युद्ध भयो र भूमि माग्यो भने कहाँको दिने होला ?’ उनले मन्त्रीले गल्ती गरेमा अभिभावक बन्दै सच्याउने परम्परा भए पनि अहिले त्यसको उल्टो भएको उनले बताए।

‘मन्त्रीले गरेको गल्ती प्रधानमन्त्रीले सच्याउने परम्परा विपरीत उल्टो तरिकाले प्रधानमन्त्रीको गल्ती मन्त्रीले सच्याउने काम भयो,’ शाहीले भने ।शाहीले प्रधानमन्त्री शाहले आफूले व्यक्त गरेको अभिव्यक्ति रोष्ट्रममा आएर सच्याउनुपर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रोष्ट्रमबाट हटाउनुपर्नेमा समेत उनले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार