अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ, २७ जेठः अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

काठमाडौँको चन्द्रागिरि बस्दै आएकी श्रेष्ठलाई टेकुबाट पक्राउ गरिएको हो । उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेको छ । पक्राउ परेका श्रेष्ठले रकम लिएपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको तथा विदेश पठाउन छाडेर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार