प्रधानमन्त्रीले देश र जनतासँग माफी माग्नुपर्छ : आङदेम्बे

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी अब नगर्ने घोषणा गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् । प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनी दिएको विवादित अभिव्यक्तिको सन्दर्भलाई जोड्दै नेता आङदेम्बेले प्रतिपक्षका लागि सरकारलाई दबाब दिने यो उपयुक्त अवसर भए पनि कांग्रेस संयमित बनेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले दिएको विवादित कूटनीतिक अभिव्यक्तिका लागि संसद्‌मा मात्र नभई देश र आम जनतासँग माफी माग्नुपर्ने माग गरे । प्रधानमन्त्रीको जवाफ खोज्दै संसद् अवरोध गर्ने रणनीतिमा नरहेको सङ्केत गर्दै उनले अब कांग्रेसले संसद्‌मा प्रधानमन्त्रीलाई नखोज्ने तर उनको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ जनताले नै खोज्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार