बालेन सरकारको आयु लामो हुने संकेत देखिएन : मुख्यमन्त्री कँडेल

२०८३ जेष्ठ ३१, आईतवार

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारको आयु धेरै लामो नहुने संकेत देखिएको बताएका छन्।

सरकार गठन भएको केही समयमै प्रधानमन्त्रीका अभिव्यक्ति र गतिविधिप्रति प्रश्न उठाउँदै उनले सरकार अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका हुन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघ सुर्खेतको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्रतिनिधि सभा निर्वाचनपछि जनताले ठूलो विश्वासका साथ मत दिए पनि सरकारको कार्यशैलीले त्यसअनुसारको सन्देश दिन नसकेको बताए । उनले प्रधानमन्त्री बालेन शाहका केही सार्वजनिक अभिव्यक्तिहरू इतिहासमै कसैले नबोलेका विषयसँग तुलना गर्दै ती अभिव्यक्तिहरू विवादास्पद रहेको टिप्पणी गरे।

कँडेलले भने, ‘जनताले धेरै मत दिएर सरकार बनाएका हुन्, तर प्रधानमन्त्रीका केही भनाइ हेर्दा इतिहासमै कसैले नबोलेका अभिव्यक्ति आएको देखिन्छ। अहिलेका युवा र तन्नेरी पुस्ताले त्यसलाई रुचाइरहेको अवस्था पनि देखिन्छ ।’

मुख्यमन्त्री कँडेलले नेपाल र भारतबीचको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री शाहले दिएको भनिएको अभिव्यक्तिप्रति पनि असहमति जनाए। नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति तथ्य र राष्ट्रिय हितअनुकूल नभएको उनको भनाइ थियो। उनले वर्तमान सरकारका गतिविधिले प्रेस स्वतन्त्रतामाथि समेत प्रश्न उठ्न थालेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार