राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८३ असार २, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार असार ४ गते मध्याह्न साढे १२ बजे बैठक बस्नेछ।

केन्द्रीय समितिको एजेन्डालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक असार ५ र ६ गते बस्दैछ। यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनकेन्द्रित हुने र बैठकले महाधिवेशनको मिति तोक्ने उनले बताए।

महामन्त्री रहेका धवल शम्शेर राणालगायत विभिन्न तहका १८६ जना नेताहरूले पार्टी परित्याग गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार