प्युठान : प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालकलाई बर्खे बाढीले बगाएको छ । उक्त घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका स्थानीय यामबहादुर खत्रीका दुई छोरा विमल र मिलनलाई बर्खे बाढीले बगाएको हो ।
घटनामा विमलको शव फेला परेको छ भने मिलन वेपत्ता रहेका छन् । उनको खोजी भइरहेको छ । विमल कक्षा १ मा र मिलन कक्षा ३ मा अध्ययनरत थिए । अकस्मात् आएको वर्षापछिको बाढीले दुवै जनालाई बगाएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।





