काठमाडौं : जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश(ओपी) पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले बुधबार रिट खारेज गरेको हो। पाण्डेलाई गत साता सिआइबीले पक्राउ गरेको थियो। सेल कम्पनी खडा गरी प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा उनी सिआइबीको हिरासतमा छन्।
गैरकानुनी रूपमा उनलाई थुनामा राखिएको भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो। जुन मागलाई अदालतले अस्वीकार गरेको हो।





