राप्रपाले मङ्सिर २६-२८ गते महाधिवेशन गर्ने

२०८३ असार ४, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ ।

बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका पारित गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले तयार पारेको नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित स्वीकृत गरिएको जानकारी दिए ।

उनले कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू शुक्रवारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गरिने जानकारी दिए । केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने लिङ्देनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार