रेबिजका कारण चन्द्रागिरिमा एक पुरुषको मृत्यु

२०८३ असार ८, सोमबार

काठमाडौँ : रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रागिरि नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती व्यक्ति असार ५ गते भर्ना भएका थिए। त्यसको भोलिपल्ट उनको मृत्यु भएको उनले जानकारी दिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको उनले बताए। लक्षणहरू देखिइसकेपछि रेबिजको मृत्युदर शतप्रतिशत हुने अधिकारी बताउँछन्।

‘भाइरसले घाँटी र सास फेर्ने नलीका मांसपेशीहरू एकदमै कडा हुन्छन् र खुम्चिन्छन्,’ उनले भने, ‘केही निल्न खोज्दा वा पानी देख्दा मात्रै पनि घाँटीमा असह्य पीडा हुने भएकाले बिरामी पानीदेखि एकदमै डराउँछन्।’

मेडिकल रेकर्डर अधिकारीका अनुसार रेबिज संक्रमण भएपछि शरीरका विभिन्न अंगहरूले काम गर्न छाड्छन्। र, त्यसपछि मृत्यु हुने उनी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार