काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भोलि मात्रै काठमाडौं ल्याइने भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागकाे समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ । नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी थियो । तर, राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएको प्रहरी स्रोतले बतायो ।
भोलि बिहान हवाई जहाजमार्फत नै काठमाडौं ल्याउने तयारी रहेको स्रोतले जनाएको छ ।





