बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय तेजसिंह भण्डारीलाई कुटपिट गरी घाइते बनाएको आरोप छ ।
कुटपिटबाट घाइते भएका विद्यार्थीलाई साथीहरूले उपचारका लागि तल्लादेही स्वास्थ्य चौकी पुर्याएका थिए। उनको मुख, टाउको, हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए । विद्यार्थीको अवस्था थप परीक्षण तथा उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी तिमल्सिनाले बताए ।





