नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

२०८३ असार १५, सोमबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यमबाट सञ्चालन हुनेछ ।

बैठकका लागि आवश्यक जुम आईडी यसअघि नै पठाइसकिएको उल्लेख गर्दै आईडी प्राप्त नगरेका केन्द्रीय सदस्यलाई पनि सहभागी गराउन सम्बन्धित सबैमा विशेष अनुरोध गरिएको छ ।

बैठकमा शहीदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल, पार्टी सदस्यता नवीकरण तथा विस्तारका विषयमा समीक्षा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकबाट समसामयिक राजनीतिक विषय तथा सङ्गठनात्मक कार्यदिशाबारे निर्देशन दिइने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार