काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आम नेता कार्यकर्तालाई पार्टीलाई एकताबद्ध बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
सोमबार धान दिवसका अवसरमा दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै कोइरालाले अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए ।
उनले आफू सधैँ सिंगो कांग्रेसको पक्षमा रहेको भन्दै एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको उल्लेख गरे । कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे । उनको किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध सम्भव हुने बताए ।
कोइराला निवास महाराजगञ्जमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।





