फिल्म ‘झिंगे दाउ २’ को गीत ‘महिमा आमाको’ सार्वजनिक

२०८३ असार १७, बुधबार

काठमाडौं : कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ ।

असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको शब्द निकै नै मार्मिक छ । गीतले आमाको महिमाको बयान गरेको छ । साथै, आमाहरु बृद्धाश्रममा बस्नु परेको तीतो यथार्थलाई पनि गीतमा उठान गरिएको छ । यो गीतले फिल्मको कथावस्तुको भाव बोकेको छ ।

भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । साथमा, फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलाई पनि यो गीतमा फिचर्ड गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । विष्णु घिमिरे ‘कल्पित’ को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन छ ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार