अजय सुमार्गीको सम्पत्ति छानविन नगर्न अन्तरिम आदेश

२०८३ असार २२, सोमबार

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कारबाही नगर्न आदेश दिएको हो ।सुमार्गीले वर्षौंदेखि आफूविरुद्ध दोहोरिँदै आएको अनुसन्धान रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

दुई साताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको पासपोर्ट रोक्का गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार