बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

२०८३ असार २२, सोमबार

कैलाली : कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कठायतलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोड क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार