काठमाडौँ : पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा कारागारबाट छुटेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थापा केन्द्रीय कारागारबाट रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतको फैसला अनुसार थापा लाई कारागारबाट रिहा गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले बताए ।
केन्द्रीय कारागारबाट छुटेपछि उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा उपस्थित गराए पनि सार्वजनिक पद धारण नगरेको देखिएपछि थापालाई अख्तियारले तारेखमा छाड्न लागेको छ ।








