शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ असार २४, बुधबार

काठमाडौं : सिराहाको धनगढीमाई नगरपालिकास्थित एक विद्यालयका शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बेतहा भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीकाे शिक्षक पदमा कार्यरत गुन्जेश्वर मण्डलविरुद्ध अख्तियारले  बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। मण्डलको पिसिएल र ब्याचलर (स्नातक) तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उजुरीका आधारमा अनुसन्धान गर्दा मण्डलले पेस गरेको भारतस्थित बिहार इन्टरमेडियट एजुकेसन काउन्सिल, पटनाको आइएस्सी र चौधरीचरण सिंह विश्वविद्यालय मेरठको स्नातक तहको प्रमाणपत्र नक्कली पाइएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार