काठमाडौं : मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो । क्लियन एम्बाप्पले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट रक्षा गरे ।
दोस्रो हाफको ६० औँ मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा उसामन डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर बनाए ।








