प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्च पुग्यो

२०८३ असार २७, शनिबार

काठमाडौं : प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरू खारेज गर्न माग गर्दै नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ ।

संविधानसंग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११) र २५९ संविधानको धारा २७४ (८) सँग बाझिएको भन्दै खारेजीको मागसहित कांग्रेसले शुक्रबार रिट दायर गरेको हो।

रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले असार ३१ गतेका लागि पेसी तोकेको कांग्रेसले जनाएको छ। राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार