कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा जानकी तुलाधर

२०८३ असार २७, शनिबार

काठमाडौं : निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रहेका रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश भएपछि आयोगको वरियताअनुसार डा. तुलाधरले उक्त जिम्मेवारी सम्हालेकी हुन्। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय रहने निर्वाचन आयोगमा हाल डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्रै कार्यरत छन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते समाप्त भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार