आवाज थुनेर प्रश्नहरू मेटिँदैनन् : महेश बस्नेत

२०८३ असार २८, आईतवार

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको घटनामा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

उनले आलोचना सहन नसक्ने सत्ताले प्रहरी प्रशासनको दुरुपयोग गरेर नागरिकको आवाज दबाउन खोजेको समेत बताएका छन् । ‘आलोचनाको सामना गर्न नसक्ने सत्ताले प्रहरी प्रशासनको आडमा आवाज दबाउने बाटो रोज्छ। उठेका प्रश्नको जवाफ विचारले होइन, शक्ति दुरुपयोग गरेर दिने प्रवृत्ति लोकतन्त्रका लागि अशुभ संकेत हो,’ उनले भनेका छन्।

राज्यशक्तिको आडमा मानिसलाई नियन्त्रणमा लिन सकिए पनि जनताको आवाज र जनमतलाई कहिल्यै रोक्न नसकिने बताएका छन्।

उनले भनेका छन्, ‘आवाज थुनेर प्रश्नहरू मेटिँदैनन् । नियन्त्रण, दबाब र शक्ति प्रदर्शनले केही समय मानिसलाई रोक्न सकिएला, तर जनमतलाई कहिल्यै रोक्न सकिँदैन । लोकतन्त्रमा असहमतिलाई सम्मान गर्नुपर्छ, दमन होइन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार