काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बालेनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । उनीनिकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो । आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको हो ।
‘यस्तो भेट उहाँहरूबीच यसअघि पनि हुन्थ्यो । अहिले पनि नियमित भेटघाट नै हो,’ स्रोतले भन्यो, ‘उहाँहरूले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गर्नुभएको हो ।’








