काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भक्तपुरस्थित खरिपाटी र बोडे होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्दै मन्त्री पोखरेलले होल्डिङ सेन्टरका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिइने बताए ।
सुकुमवासी बस्तीका बालबालिका होल्डिङ सेन्टरमा छन् । उनीहरूको पठनपाठनमा सहयोग गर्ने मन्त्री पोखरेलले बताएका हुन ।





