पहिरोले नारायणघाट-मुग्लिङ सडक खण्ड अवरुद्ध

२०८३ असार २९, सोमबार

काठमाडौं : निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोमबार बेलुकी पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो। लगातार भइरहेको वर्षाका कारण सो सडक खण्डमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि अधिकारीहरूले केही समयअघि देखि नै सवारी साधनहरूको आवागमन रोकेका थिए।

जोखिम टार्न सवारी साधनहरू सुरक्षित स्थानमा रोकेर राखिएकै अवस्थामा तुइन खोला नजिकै पहिरो खसेर सडक ठप्प भएको हो। सडक दुईतर्फी नै अवरुद्ध भएपछि सो मार्ग भएर गन्तव्यतर्फ प्रस्थान गरेका सयौं सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार