एसियाली जुडोमा नेपालका दुई खेलाडी सहभागी

२०८३ असार २९, सोमबार

काठमाडौं : जोर्डनको अम्मानमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा भएका छन् ।

यही असार ३२ देखि साउन ३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक र ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्नेछन् । त्यस प्रतिस्पर्धामा सहभागी हुने नेपाली टोली आजै जोर्डनको अम्मान प्रस्थान गरेको छ । उक्त प्रतियोगिताको टिम व्यवस्थापकमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्तीमगर हेका छन्।

जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि अम्मान प्रस्थान गरेका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले आजै यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना प्रदान गर्दै बिदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार