अनर ६०० सिरिज खरिदमा स्मार्टवाच निःशुल्क

२०८३ असार ३०, मंगलवार

काठमाडौं : अनर नेपालले अनर ६०० फाइभ–जी र होनर ६०० प्रो फाइभ–जी स्मार्टफोन खरिदमा उपलब्ध गराउँदै आएको विशेष अफरको अवधि साउन १५ गते (जुलाई ३१, २०२६) सम्म लम्ब्याएको छ।

कम्पनीका अनुसार अफर अवधिभित्र अनर ६०० फाइभ–जी वा होनर ६०० प्रो फाइभ–जी खरिद गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन्। यो अफर नेपालभरका आधिकारिक अनर बिक्री केन्द्रमा स्टक रहेसम्म लागू हुने कम्पनीले जनाएको छ।

अनर ६०० सिरिजमा कृत्रिम बुद्धिमत्तामा आधारित ‘एआई इमेज टु भिडियो २.०’, एआई सम्पादन उपकरण तथा उच्चस्तरीय क्यामेरा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी अनर ६०० फाइभ–जीमा ७ हजार एमएएच क्षमताको सिलिकन–कार्बन ब्याट्री, स्न्यापड्रागन ७ जेन–४ प्रोसेसर र एमोलेड डिस्प्ले रहेको कम्पनीले उल्लेख गरेको छ। यी सुविधाले दैनिक प्रयोग, मल्टिटास्किङ तथा मनोरञ्जनका लागि सहज अनुभव दिने कम्पनीको दाबी छ।

निःशुल्क प्रदान गरिने अनर च्वाइस वाच २ प्रोमा एमोलेड डिस्प्ले, ब्लुटुथ कलिङ, स्वास्थ्य निगरानीका विभिन्न सुविधा तथा लामो समय टिक्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ।

कम्पनीले अफर अवधिभित्र नजिकको आधिकारिक अनर बिक्री केन्द्रबाट स्मार्टफोन खरिद गरी निःशुल्क स्मार्टवाच प्राप्त गर्न ग्राहकलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार