राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

२०८३ असार ३०, मंगलवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन्।

उनले विनियोजन विधेयक, २०८३,  राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिले संविधानको धारा ११३ उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार